शुक्रबार, चैत्र १६, २०८०

राजधानीबाट २४ लाख नगद सहित हुण्डी कारोबारमा संलग्न अभियुक्तद्दय पक्राउ

काठमाडौ बैशाख २०, प्रहरीले काठमाडौं महानगरपालिका १३ टंकेश्वर ‍र महानगरपालिका १२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद २४ लाख २१ हजार रुपैयाँ सहित आज विहानै प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत मोतियारी घर भइ हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेश कुमार गुप्ता र काठमाडौं नयाँबानेश्वर बस्ने बाग्लुङ घर भएका ३५ वर्षीय सागर श्रेष्ठ रहेको जनाउँदै प्रहरीले गुप्ताको साथबाट ६ लाख २१ हजार रुपैयाँ र श्रेष्ठको साथबाट १८ लाख रुपैयाँ बरामद भएको जनाएको छ ।

त्यस क्षेत्रमा हुण्डी कारोवार भइरहेको भन्ने सूचनाको अनुसन्धान गर्नेक्रममा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले हुण्डी कारोवारमा संलग्न अभियुक्तद्दयलाइ नगद सहित पक्राउ गरि थप थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।