शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ सामाजिक दूरी सहित ३ सय मिटर धावनमार्ग विस्तार गरिएको विमानस्थलको नयाँ संरचना

  • अनुप प्रधान

काठमाडौ जेठ १८, कोभिड–१९ को उच्च जोखिम देखिएसंगै विगत २ दुई महिना भन्दा लामो समय यतादेखि बन्द रहेको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकमा जारी बन्दाबन्दीको क्रममा नव विवाहिता दुलही झै सिङ्गििरएको छ ।

आज विमानस्थल प्रशासनले सञ्चारमाध्यमलाई स्थलगत अवलोकन गराउदै दिएको जानकारी अनुसार कोभिड–१९ को उच्च जोखिम विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि विमानस्थलको ३ सय मिटर धावनमार्ग विस्तारसँगै सामाजिक दूरी कायम हुने गरी नयाँ संरचनामा तयार गरिएको जनाएको छ ।

विमानस्थल सञ्चालनका लागि डब्लुएचओ निर्देशन मुताविक यात्रु र सेवामा कर्मचारीको स्वास्थ्य सजकताका सहितको नयाँ संरचना तयार पारिएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो ।

त्यस्तै  ३ नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीको अन्तर्राष्ट्रिय उडान र आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित २० वायु सेवा कम्पनीले उडान भर्दै आएको विमानस्थलमा जारी लकडउनकै क्रममा एशियाली विकास बैंकको सहयोगमा मूल्य अभिवृद्धि करबाहेक रु ८० करोडको लागतमा धावनमार्ग विस्तारको काम पनि सकिएको जानकारी दिदै प्रशासनले मौजुदा धावनमार्गलाई विस्तार गरी ३ हजार ३ सय बनाइएको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु