शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ जारी लकडाउनलाइ थप प्रभावकारी बनाउ प्रशासनले जारी गरेको ६ बुँदे सूचना

काठमाडौं जेठ २,  उपत्यकामा कोभिड संक्रमणको जोखिम उच्च देखिएसंगै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले  संक्रमणको जोखिम रोक्न जारी लकडाउन कार्यान्वयलाइ थप प्रभावकारी बनाउने भएको छ ।

गृहमन्त्रालयबाट प्राप्त निर्देशन अनुरुप जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज बसेको जिल्ला सुरक्षा समितिको बैठक पछि जारी ६ बुँदे सूचनामा यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको पास समेत खारेज गर्दै अब जारी हुने पास नीलो रङको हुने जनाउदै विना पास सडकमा भित्रिी सडकमा वा कुनै पनि सवारी साधन चलाउन निषेध गरिको छ । साथै जारी आदेशको वर्खिलाप गरे कडा कानुनी कारवाही गरिने समेत जनाएको छ ।

त्यस्तै सवारी पास आवश्यक पर्ने व्यक्ति वा संस्थाले आआफ्नो नियमक निकायमा सम्पर्क गर्न त्यस्तै सञ्चारकर्मी समेतले पनि सूचना विभागमा सम्पर्क गर्न भनेको छ । त्यस्तै नियमका निकाय नतोकिएको हकमामात्र प्रशासनको कार्यालयमा सम्पर्क गर्न भनेको छ ।  साथै यसअघि मुल सडक केन्द्री रहेको सुरक्षाकर्मीले अव उपरान्त भित्री सडक, चोक चौराहमा समेत गस्ती बढाउदै जारी सूचनाको वर्खिलाप भएको पाएमा पक्राउ गर्न जनाएको छ ।

निर्माण सामाग्री वोकेको गह्रौं सवारीसाधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र गुड्न दिने जारी सूचनामा उल्लेख गरिएको छ । साथै प्रशासनले एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोकिएका गाडीले भने बिना पास नै निर्वाध आवागमन गर्न पाउने बताएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु