शुक्रबार, चैत्र १६, २०८०

मुलुकभर आज १३ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ

काठमाडौं जेठ १५ , आज १३ औं गणतन्त्र दिवस, मुलुकभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउने घोषणा गरेको थियो । जनआन्दोलनको बलमा युगौंदेखिको राजतन्त्रात्मक प्रणालीको अन्त्य गरी देशमा गणतन्त्र घोषणा गरिएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते नेपालमा गणतन्त्र दिवस मनाइन्छ ।

साथै यस राष्ट्रिय पर्वमा बन्दी जीवन बिताइरहेका व्यक्तिको चारित्रिक सुधारको आधारमा बाँकी कैद मिनाहा गरी माफी दिने चलन छ । यस वर्ष कारोना भाइरसको महामारीका कारण गणतन्त्र दिवस औपचारिक समारोह नगरी मनाइने भएको छ ।  गणतन्त्र दिवसको अवसरमा राष्ट्रप्रमुख, सरकार प्रमुख तथा विभिन्न राजनीतिक दलका नेताहरुले शहीदप्रति सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन् । गणतन्त्र दिवसमा सार्वजनिक बिदा दिने चलन छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।