मङ्लबार, बैशाख ११, २०८१

मुलुकको ४० जिल्ला कोभिड संक्रमणको प्रभावमा

काठमाडौ जेठ ९, नेपालमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या ५०७ पुगेको स्वास्थ्य मन्त्रलायले जनाएको छ । पछिल्लो समय १९ जनामा कोभिड–१९  सङ्क्रमण भएको पुष्टि भएसंगै संक्रमितको संख्या ५०७ पुगेको हो ।

मुलुककको ७७ जिल्लामध्ये ४० जिल्लामा कोभिड सङ्क्रमित भेटिएको जनाउदै पछिल्लोसमय पिसिआर विधिबाट ४२ हजार ४८८ र   आरडिटीबाट ८२ हजार ११६ को परीक्षण गरिसकेको जानकारी दिएको छ ।

त्यस्तै मन्त्रलायले कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षका पुरुष त्यस्तै डडेल्धुराका २८ र बैतडीका २२ वर्षका पुरुष र बाँकेका १४ जना सङ्क्रमित भेटिएको जानकारी दिदै आज सङ्क्रतित हुने १८ देखि ६१ वर्ष उमेर समूहका रहेको जनाएको छ । साथै आजै सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट उपचारपछि थप २१ जना उपचारपछि डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणकाकारण ३ जनाले ज्यान गुमाएका छन ।

थप ९जना सङ्क्रमितको पुष्टिसंगै संक्रमितको सख्या ५१६ पुग्यो : 

अपडेट         :       स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणको क्रममा थप ९ जनामा सङ्क्रमण देखिएको जानकारी दिनु भएको छ ।

नयाँ सङ्क्रमितमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–३ का ५४ वर्षीया महिला, भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला, सप्तरी वलान गाउँपालिकाका ३५ वर्षीय पुरुष तथा बारा सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष रहेका्े डा अधिकारीद्दाराजारी विज्ञप्तिमा उल्लेख गर्दै पछिल्लो समय भेटिएको संक्रमित संगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५१६ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।