शुक्रबार, चैत्र १६, २०८०

महासंघ मुख्यालयमा १९१ पत्रकारको पिसिआर परीक्षण[फोटो फिचर]

  • अनुप प्रधान

काठमाडौ जेठ ६ , बढ्दो कोभिड संक्रमणको जोखिमसंगै आज सञ्चारग्रामस्थित पत्रकारमहासंघ परिसरमा काठमाडौँ उपत्यकाका १९१ पत्रकारको आज पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालको समन्वयमा राष्ट्रिय सञ्चारमाध्यम र विभिन्न अनलाइनमा कार्यरत सञ्चारकर्मीको कोभिड परीक्षण गरिएको हो ।

महासङ्घका महासचिव रमेश विष्टले कोभिड  महामारीका यस विषम अवस्थाम अग्रमोर्चामा रहेर खटिरहेका सञ्चारकर्मीमध्ये पहिलो चरणमा परीक्षण गरिएको र आवश्यकतानुसार पछि पनि गरिने बताउनुभयो त्यस्तै उहाँले कोरोना संक्रमणको जोखिम मोलेर सूचना संकलनमा अग्रस्थानमा खटिएका पत्रकारको कोभिड परिक्षण गरिएका पत्रकारको नतिजा नेगेटिभ आउने विस्वास व्यक्त गर्नुभयो ।

त्यस्तै स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले पत्रकारहरूको साझा संस्थाका माध्यमबाट पत्रकारहरूको परीक्षण गराइएको जानकारी दिनुभयो भने मेडिकल ल्याब एसोसियसन अफ नेपाल अध्यक्ष राजेन्द्र खड्काले कोरोना भाईरस नेपालमा समेत भित्रिसकेको अवस्थामा प्रयोगशालामा कामगर्ने जनशक्तिका लागि अतिनै संवेदनशिल रहेको भन्दै त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।