शुक्रबार, चैत्र १६, २०८०

महानगर प्रमुख शाक्यले रक्तदान गर्दै भने -दान मध्येको पनि उत्कृष्ट दान रक्तदान

काठमाडौ बैशाख २५ , २५६४ औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँ महानगरपालिकाको वडा–२१ स्थित श्री गणेश युवा  क्लवले  वार्षिक कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरेका छन ।

कोभिड संक्रमणको उच्च जोखिमका कारण जारी लकडाउनको बेला रक्तस्राव, प्रसूति, दुर्घटना, शल्यक्रियालगायत विरामीलाई रगत अभाव नहोस भने पवित्र लक्ष्य सहित आयोजित रक्तदान कार्यक्रममा काठमाडौ महानगरका प्रमुख बिद्यासुन्दर शाक्य सहित ८० जना स्वयमसेवीले रक्तदान गर्नु भएको थियो ।  महानगर प्रमुख शाक्यले ५० औँ पटक रक्तदान गर्दै दान मध्येको पनि उत्कृष्ट दान रक्तदान भएकै कारण आफुुले नियमित रुपमा रक्तदान गर्दै आएको बताए ।

कार्यक्रममा केन्द्रीय रक्तसञ्चार सेवा की निर्देशक डा मनिता राजकर्णिकारले क्तदाताको ज्वरो, प्रेसरलगायतका सबै जाँच पछि सम्पूर्ण सुरक्ष विधि अपनाएरमात्र रगत लिने गरेको बताइन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।