शनिबार, बैशाख ८, २०८१

महानगरको वडा न १६ सोह्रखुट्टेका एक युवकमा कोभिड संक्रमण

कामपा वडा न १० वानेश्वरका तीन घर सिल

काठमाडौं जेठ ११ , स्वास्थ्य मन्त्रालयका आइतबार थप १९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको पुष्टि गर्दै काठमाडौं सोह्रखुट्टेका एक युवकमा समेत संक्रमण देखिएको जनाएको छ । पछिल्लो समय महानगरको वडा न १६ स्थित सोह्रखुट्टेमा संक्रमित देखिएसंगै महहानगरवासीमा थप त्रास देखिएको हो ।
त्यस्तै मन्त्रालयकाृ काठमाडौं सहित नुवाकोटमा पहिलो संक्रमित देखिएको पनि जनाएकोछ ।

त्यस्तै आज पुटि भइका संक्रमितहरु क्रमस मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना रहेको जनाउदै उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएके छ ।

आज देखिएको संक्रमितसंगै नेपालमा कोभिड संक्रमितको सख्या ६ सय नाघेको छ भने यसमध्ये उपचारपछि डिस्चार्ज हुनको सख्या ८७ पुगेको छ । त्यस्तै संक्रमणकै कारण ३ जनाको मृत्यु भएको छ।

यसैवीच यसअघि कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वरका ३ घर सिल गरिएको छ।प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी क्न्टयाक ट्रेसिङ भइरहेको कामपा वडा न १०ले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।