बिहिबार, चैत्र १५, २०८०

प्रेसकार्ड वोक्दै चोरी गर्न पल्लकेका रसाइली र मिया प्रहरी फन्दामा

काठमाडौं जेठ ७, लकडाउनका वीच पनि बढ्दो चोरीको घटना नियन्त्रणका प्रहरीले सुरु गरेको अनुसन्धानको क्रममा आफुलाइ एपी वान टेलिभिजनको पत्रकार बताउने र सोहि टेलिभिजनको  प्रेसकार्ड देखाउदै प्रहरीको आँखामा छारो हाल्न खोज्ने २ जना चोरलाइ  पक्राउ गरेको छ ।

प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा काठमाडौं धुम्बाराही बस्ने सुनसरी ईटहरी उपमहानगरपालिका १४ घर भएका आश्रय रिजाल हिमाल, हम्मे भन्ने २१ वर्षीय हिमाल रसाईली र काठमाडौं ओमबहाल बस्ने बारा बड्की फुलबारी गाउँपालिका९३ घर भएका २८ वर्षीय अलि आलम मिया रहेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका रसाइली र मियाले बजाजको बा २७ प ९४९० नम्बरको एभेन्जर मोटरसाइकलमा चढेर हिंड्ने र बन्दाबन्दीमा प्रहरीले रोके, घाँटीमा झुण्ड्याएको एपी–वान टेलिभिजनको प्रेस कार्ड देखाउँने गरेको बताउदै ल्यापटप, आइप्याड लगायतका सामान चोरी गरेको अभियोगमा २ जनालाई काठमाडौं महानगरपालिका चाबहिल भत्केको पुलबाट मंगलबार पक्राउ गरेको जानकारि दिएका छन ।

त्यस्तै प्रहरीले अनुसन्धानको क्रममा निजद्दयले आफुलाई पत्रकार भएको बताएसंगै झोला जाँच गर्दा उक्त चोरीका सामान फेला परेको प्रहरीको भनाइरहेको छ । यिनीहरुले बन्दाबन्दीमा प्रहरीले रोके, घाँटीमा झुण्ड्याएको एपी–वान टेलिभिजनको प्रेस कार्ड देखाउँथे।

प्रहरीको अनुसार गत चैत ३ गते काठमाडौं महानगरपालिका सिनामंगलस्थित एरेर ५१ बोइज होस्टेलबाट ४ थान ल्यापटप र गत चैत २४ गते काठमाडौं महानगरपालिका ७ चावहिल भत्केको पुल बस्ने डासुविन मानन्धरको ल्यापट तथा आइप्याड चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त गौशालाले निजहरुलाइ चोरीका सामान र नगद सहित पक्राउ गरेको जनाएको हो । घटनाका सम्बन्धमा महानगरीय प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।