बिहिबार, चैत्र १५, २०८०

प्रधानमन्त्री ओलीलाइ सभापति देउवाको ३ बुँदे ध्यानाकर्षण

काँग्रेसको  अर्थतन्त्र केन्द्रीत बिशेष समिति गठन

काठमाडौं बैशाख २४ , नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी ओलीलाई टेलिफोन गरेर कोभिड रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा ३ बुँदे ध्यानाकर्षण गराउनुभएको छ ।

सभापति देउवाले ध्यानाकर्षमा गराउने क्रममा नेपालगञ्जमा कोरोनाको परीक्षण व्यापकरुपले गरेर स्थिति थप जटिल बन्न नदिन र सन्त्रासमा रहेका नगरवासीलाई आश्वस्त राख्नका लागि तत्काल कार्य गर्न गराउन आग्रह गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै देशभर पिसिआर प्रविधिद्वारा परीक्षण द्रुत गतिमा विस्तार गर्न कुवेत सरकारको सेल्टरमा राखिएका करिब ३ हजार एवं मध्यपूर्व र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्धार गर्न र सीमानाकामा क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि अझै कयौँले देश आउन नपाएको स्मरण गराउँदै तिनलाई आउन दिन एवं भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा यसरी उद्धार गरिएका नागरिकलाइ प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेर मात्रै घर जान दिने गरी व्यवस्थित र कडाइका साथ कार्य गर्न र गराउन आग्रह गर्नु भएको छ ।

यसैवीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड संक्रमणको कारण जारी लकडाउनका कारण सिर्जना भएको विषम अवस्था रमुलुकको विविध क्षेत्रमा पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेको छ ।

काँग्रेस मुख्यालयद्दारा जारी विज्ञप्तिमा उल्लेखभइअनुसार पूर्व अर्थमन्त्री डा रामशरण महत संयोजकत्वको गठित उक्त समितिमा  विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नुभएका राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिसक्नुभएका पार्टीका नेता तथा विज्ञहरु क्रमस महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा एवं अर्थविद् डा पृथ्वीराज लिगल, डा शङ्कर शर्मा, डा जगदीशचन्द्र पोख्रेल, डा गोविन्द पोख्रेल, डा स्वर्णिम वाग्ले सदस्य रहनुभएको उल्लेख गरिएको छ ।

त्यस्तै समितिलाइ कोभिड संक्रमणका कारण सिर्जित विषम अवस्थाको विश्लेषण सहित तत्कालीन अल्पकालीन र दीर्घकालीन दृष्टिकोण निर्माण सहितको प्रतिवेदन तयार गर्न कार्यादेश दिईएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।