शुक्रबार, बैशाख ७, २०८१

पूर्वराजालाई गृहले दियो काठमाडौं आउने सवारी पास, पूर्वराजदम्पत्ती काठमाडौ आउदै

 काठमाडौं जेठ २, गृह मन्त्रालयले पूर्व राजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौँ आउनका लागि सवारी पास उपलब्ध गराएको छ । यसअघि कोभिड संक्रमणको जोखिम बढेको निष्कर्ष सहित गृहमन्त्रालयले जारी सवै अन्तरजिल्ला सवारी पासका रद्ध गर्ने निर्णयगरे संगै शुक्रवार काठमाडौं आउने  तयारीमा रहेका पूर्वराजाको सवारी पास समेत रद्ध भएको थियो ।

तर पछि अन्तरजिल्ला सवारी पासका लागि पूर्वराजको आवेदन जिल्ला प्रशासन कार्यालय झापाले गृह मन्त्रालयलमा पठाएपछि मन्त्रालयले स्वीकृति प्रदान गरेको प्रजिअ रानालाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यसअघि पूर्वराजको पास रद्ध भएको विषयमा चर्को आलोचना भएपछि सरकारले पास रद्द गर्ने निर्णय पुनर्विचार गर्दै पुन पास जारी गर्ने  निर्णय गरेको समाचर स्रोतले जनाएको छ ।

यसैवीच दुई महिना अघि दमक गएका पूर्व राजा शाह लकडाउनका कारण झापामै बसिरहेका पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित आज बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौ आउदै गरेको जानकारी प्राप्त् भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु