मङ्लबार, बैशाख ४, २०८१

पहेलो रङ्गको सिरियल नम्बर भएको ७ दिने पास वाहेक सबै पूराना सवारी पास खारेज ,नयाँ पास कहाँ बाट लिने ?

देशभर सञ्चालनमा आएका सवारीसाधन चेकजाँचमा कडाई,पहेलो रङ्गको सिरियल नम्बर भएको ७ दिने पास लकडाउन अवधिभर मान्य

काठमाडौं जेठ १, कोभिड १९ संक्रमणको जोखिम उच्च भएसंगै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान मिल्ने गरी यसअघि जारी भएका सबै अस्थायी सवारी पास रद्ध गर्दै नया व्यवस्था लागु गरेको  छ । मन्त्रालयले आजदेखि लागु हुनेगरी अहिलेसम्म विभिन्न व्यक्ति तथा संस्थाका नाममा जारी गरेको एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द गर्दै नयाँ व्यवस्था लागु गरेको हो । त्यस्तै नया व्यवस्था लागु गरिएसंगै देशभर सञ्चालनमा आएका सवारीसाधनहरुका चेकजाँच कडाई गरिएको छ । काठमाडौंमा सवारी पासको दूरुपयोग गर्ने दर्जनौ सवारी साधनलाई कारबाही समेत गरिएको मन्त्रालयले जनाएको छ ।

यसैवीच मन्त्रालयले लागु गरेको नयाँ व्यवस्थाअनुरुप मातहतका निकाय  जिल्ला प्रशासन कार्यालय काठमाडौले सवारी पास वितरण सम्बन्धी सूचना जारी गरेको छ । जारी सूचनामा सरकारले यसअघि विभिन्न ४४ प्रकारका उद्योग र विभिन्न सेवा मुलक ब्यबसायहरु संचालन गर्ने अनुमति दिएपछि संगै प्रशासनले पासको लागि नयाँ ब्यबस्था गरेको हो ।  त्यस्तै यस पटक जिल्ला प्रशासन कार्यालयले नियामक निकाय नतोकिएका र भैपरी आउने अत्यावश्यक कार्यको लागि मात्र पास दिने छ । अन्यको हकमा भने समबन्धि नियामक निकाय वा सिधै सम्बन्धित मन्त्रालयका सचिवले पास दिने उल्लेख गरिएको छ।

त्यस्तै खाद्य वस्तु ढुवानी गर्ने सवारी, स्वास्थ्य सामाग्री ढुवानी गर्ने सवारी, निर्माण सामग्री ढुवानी गर्ने सवारी, औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु ढुवानी गर्ने सवारी, कृषि तथा पशुजन्य उत्पादनसँग समबन्धित सबै प्रकारका सामग्री ढुवानी गर्ने सवारी लाई पास आवश्यक पर्ने छैन । साथै एम्बुलेन्स, खानेपानी, शव बाहन, र ग्यास ढुवानीलाई पास आवश्यक पर्ने छैन ।

त्यस्तै यस अघि जारि भएको अरु पास रद्ध भएपनि पहेलो रङ्गको सिरियल नम्बर भएको ७ दिने पास लकडाउन अवधिभरलाई मान्य हुने उल्लेख  गरिएको छ । साथै सरकारी कार्यालय, बैंक , वित्तीय संस्था, बीमा र सहकारी कार्यालयका कर्मचारीले संस्थाको परिचय मार्फत आवतजावत गर्न सक्ने छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु