शुक्रबार, चैत्र १६, २०८०

परीक्षणको दायरा बढेसंगै संक्रमितको सख्या पनि ह्वात्तै बढ्यो , संक्रमित सख्या २ सय ४३ पुग्यो

स्वास्थ्यकर्मीमा समेत कोभिड संक्रमण देखिनु सामान्य अवस्थामा होइन : प्रवक्ता

काठमाडौ बैशाख ३१, बुधबार साँझ थप २४ जनामा कोभिड–१९ कोसंक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको सख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले साँझ ७: ५० मा जारी विज्ञप्तिमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्ल्लेख गरिएको छ । यसअघि बुधबार दिउँसो २ जनामा कोरोना पुष्टि भएको थियो।

त्यस्तै विज्ञप्तिमा कोरोना पुष्टि भएका रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीका छन्। उनीहरु सबैको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको हो।

सहप्रवक्ता अधिकारीका अनुसार नयाँ संक्रमितमा रुपन्देही जिल्लाका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरू र ४, १०, २८ वर्षीय महिला छन् । त्यसैगरी कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षीय पुरुष छन् ।

त्यस्तै पर्सा निवासी ३६, ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिला र नवलपरासी निवासी ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

यसअघि आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया बिफ्रिङ्गमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कपिलवस्तु र नेपालगन्जका दुईजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या २१९ पुगेको जानकारीदिदै पछिल्लो समय स्वास्थ्यकर्मीमा समेत कोभिड संक्रमण देखिनु सामान्य अवस्थामा नभएको बताए ।

त्यस्तैगरि देशभर २१ हजार ३४० जनाको ‘पीसीआर’ परीक्षण र ६० हजार ३१९ जनाको ‘आरडीटी’बाट परीक्षण गरिएको जानकाी दिनु भएको छ । देशभर १४ हजार ३१३ जना ‘क्वारेन्टाइन’मा रहेको जानकारी दिदैदेशभर संक्रमित र सम्भावित गरी २४५ जना ‘आइसोलेसन’कक्षमा रहेको बताउनुभयो । साथै बुधबार बुटवलका २५ वर्षीय पुरुष र चितवनकी ६३ वर्षीया महिलाले कोरोना संक्रमणलाई पूर्णरुपमा जितेर ‘डिस्चार्ज’ भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ३५ पुगेको जानकारी समेत दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।