बिहिबार, बैशाख ६, २०८१

पत्रकार मञ्चलाई स्वास्थ्य सामाग्री

काठमाडौं बैशाख २३ , जुन सुकै संकटको घडिमा पनि अनेकतामा विभाजन भएर होइन एकताका वाँधिएर संकटको सामना गर्नु पर्छ भन्ने भनाइलाइ चरितार्थ गर्दै पिङ्गु सेरावगी, रवि अग्रवाल लगायतका युवा व्यवसायीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको अभियानमा क्रियाशील सञ्चारकर्मीका प्रयोजनार्थ आवश्यक प्रेस ज्याकेट, पञ्जा र माक्स नेपाल पत्रकार महासंघको एशोशियट शाखा नेपाल पत्रकार मञ्चलाई आज उपलब्ध गराएका छन ।

युवा व्यवसायीहरुले नेपाल पत्रकार मञ्चलाई ५० थान प्रेस ज्याकेट, २ सय थान पञ्जा र ५ सय थान माक्स नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई हस्तान्तरण गरेको मञ्चका महासचिव विमलकुमार थापाले जानकारी दिदै प्राप्त सामग्री विभिन्न सञ्चार माध्यममा क्रियाशील नेपाल पत्रकार मञ्चका सदस्यहरुलाई वितरण गरिने बताए ।

‘स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा अत्यन्तै जोखिमपूर्ण अवस्थामा नाागरिकलाई सुसूचित गर्ने काममा अहोरात्र खटिने पत्रकारहरुका लागि आवश्यक पर्ने सामग्री उपलब्ध गराएकोमा युवा समाजसेवीहरुप्रति मञ्चका तर्फबाट हामी आभार प्रकट गर्दै मञ्चका अध्यक्ष विद्रोहीले ‘आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्ने विभिन्न निकायसँग सहकार्य गर्ने बताए ।

यस्तै युवा व्यवसायी सेरावगीले यस्तो मसलुकको विषम परिस्थितिमा पनि अहोरात्र खटिएर आम नागरिकहरुलाई सुसूचित गर्ने कार्यमा क्रियाशील पत्रकारहरुलाई आफूहरुले सहयोग गर्न पाएकोमा खुशी लागेको बताए ।  त्यसअवसरमा मञ्चका उपाध्यक्ष ललितध्वज खड्का लगायतका पदाधिकारीको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु