बुधबार, बैशाख १२, २०८१

नौ बुँदे निर्णय  सहित काठमाडौं महानगर वडा न .१९मा कोभिड संक्रमण रोकथाम समिति गठन

काठमाडौं जेठ ८ , पछिल्लो समय बढ्दो कोभिड–१९ संक्रमणको जोखिमसंगै काठमाडौं महानगरपालिका वडा न .१९का वडाध्यक्ष शशिलाल  श्रेष्ठको अध्यक्षतामा वडाब्यापी  कोभिड संक्रमण रोकथाम  नियन्त्रण तथा ब्यबस्थापन  समिति गठन गरिएको छ । समितिका अन्य पदाधिकारीमा वडासदस्यहरु चन्द्रमान डंगोल , रेणुकमल शाही, मधुसुदन प्रधान र रञ्जिता परियार रहेका छन भने समितिको सदस्य सचिवको जिम्मेवारी भने मौजुदा विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेकी रेणुकमल शाहीलाइ दिइएको छ ।

वडा स्तरिय प्रतिनिधीमुलक प्रारुपमा गठन गरिएको समितिका थप सदस्यहरुमा क्रमस निरन शाही , जितेन्द्र श्रेष्ठ , विनयबहादुर श्रेष्ठ अनिल शाही , इन्द्रमान महर्जन जिरञ्जन श्रेष्ठ नरेश शाही ,नमस्ते सायमी , हिमाल डंगोल , विजय शाही, शंकर महर्जन, मिलन शाही लगायतका रहेका छन ।

मुलत वडा क्षेत्रमा संक्रमण फैलिन सक्ने संभावनाको पहिचान गर्दै  अवलम्वन गरिनुपर्ने पर्ने उपाएको कार्यान्वयन गर्दै वडा क्षेत्रमा यो वा त्यो नाममा हुने गरेको भिडभाडको नियन्त्रण , डब्लु एच ओको मापदन्ड अनुरुपको बजार व्यवस्थापन, स्वयमसेवकको परिचालन एवम् पशिक्षण स्वास्थ्य सम्बन्धी चेतना जागृत र खाद्यान्नको सहज आपुर्ति संगै नियमन गर्नुकोअलावा भोलीको दिनमा आइपर्न सक्ने थप जोखिमको अवस्था समेतलाइ दृष्टिगत गर्दै स्थानीयस्तरमा रहेको कंकेश्वरी सभाहल, सामुदायिक विद्यालय, र स्वास्थ्य क्लिनिकमा १० शैयाको पूर्वाधार सहितको क्वारेन्टाइनको व्यवस्थापन गर्ने लगायतका ९ बुदे नितिगत निर्णय  गरेको छ ।

साथै आवश्यकता अनुरुपको थप उपसिमित गठनको मार्ग समेत प्रसस्त गर्दै तत्काललाइ विधागत क्षेत्रमा प्रतिनिधत्व गर्ने प्रारुपमा सामाजीक अभियन्ता मनोज नेवा खड्गी र पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झालाइ सल्लाहकारमा मनोनयन गरिएको छ ।

अपडेट:  यसैवीच विस्तारित समितिको पछिल्लो संरचना अनुरुप संक्रमणको जोखिम संगै वडा क्षेत्रमा तरकारी व्यवस्थापनको लागि शंकर महर्जन र निरन  शाहीलाइ क्रमस सहसंयोज र सहसंयोजकको जिम्मेवारी दिईएको समितिले जनाएको छ। त्यस्तै भविष्यमा सिर्जना हुन सक्ने थप जोखिमलाइ न्यूनिकरण गर्नका लागि आवश्यक पूर्वाधार अन्र्तगत क्वारेन्टाइन व्यवस्थापनका लागि वडा सदस्य मधुसुदन प्रधानको संयोजकत्वमा गठित समितिलाइ आवश्यक पूर्वाधार निर्माणकालागि पहल कद्मीमी लिन कार्यादेश दिइएको छ ।

साथै यसवीचमा सिर्जना हुने सक्ने जुनसुकै विपल व्यवस्थापनको लागि मौजुदा विपद व्यवस्थापन समितिका सचिव सुमन खड्गीको  संयोजकत्वमा गोविन्द श्रेष्ठ सहसंयोजक र बाँकी क्षेत्र गत प्रतिनिधी रहने गरि  स्वयमसेवक उपसमिति समेत गठन गरिएको   । यसैगरि वडा व्यापी नागरिक चेतना जागरणका लागि वडासदस्य चन्द्रमान डंगोलको संयोजकत्वमा सुरेन्द्र शाक्य संयोजक रहने गरि  अर्को उपसमिति विस्तार गरिएको छ ।

त्यस्तै समितिको बैठकले वडामा बढ्दो भिडभाड नियन्त्रणका लागि यसअघि हुँदैआएको फुटफाट तरकारी बजारीकरण लगायतका यावत   क्रियाकलाप  माथि रोक लगाउदै विहान ८ बजे देखि साँझ ८ बजेसम्म सवै खाधान्नका पसल खुला राख्ने निर्णय समेत गरेको बताईएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।