शुक्रबार, बैशाख १४, २०८१

नेपाल ताइवान एसोसिएसनको तर्फबाट बन्दाबदी प्रताडितलाइ भोजन

काठमाडौं जेठ १४ , कोभिड- १९ संक्रमणको उच्च जोखिम देखिएसंगै सरकारले जारी गरेको बन्दाबन्दी आदेशको आज ६५ औ दिन पुगेको छ । यस वीचमा पछिल्लो पटक सरकारले जारी लकडाउनकावीच पनि विशेष सुरक्षा सर्तकता सहित प्रशासनको प्रत्यक्ष निर्देशनमा सख्यात्मक रुपमा केहि उद्योग सञ्चालन संगै कृषिकर्म सुचारु गर्न भने पनि खासै गति लिन सकेको अवस्था छैन ।

दैनिक रोजीरोटीको लागि श्रम गर्ने श्रमिक लगायतका हुँदा खाने वर्ग अर्थात लकडाउन प्रताडित विपन्न वर्ग संगै हुने खाने वर्ग समेत दिनानुदिन प्रभावित बन्दै आइरहेको छ । यसअघि केन्द्रीय सरकारको निर्देशनमा स्थानीय तह मार्फत एकआध पटक हुँदाखाने वर्गलाइ लक्षित गर्दै राहत वितरण गरिएपनि पछिल्लो समय राहत वितरणलाइ श्रम संग जोड्ने नाममा वितरण प्रक्रिया रोकिएको अवस्था छ ।

एकातर्फ संक्रमणको जोखिमकै कारण अत्यआवश्यकिय सेवा वाहेक अन्य सेवा थप्प हुनु र अर्को तर्फ फैलिँदै गरेको कोभिड सङ्क्रमणबाट बचाउने अभिप्रायले जारी लामो समयको बन्दाबन्दीका कारण राजधानी देखि मोफसलमा दैनिक ज्यालादारी गर्ने मजदूर मात्र नभई मध्यम र निम्म वर्गीय नागरिकमा रोगले भन्दा भोकले मर्ने त हैन भन्ने मनोत्रास सिर्जना भएको अवस्था छ ।

यसवीचमा केन्द्रीय सरकारको तर्फबाट प्रधानमन्त्री केपी ओलीले पटक पटक राष्ट्रको नाममा सम्बोधन गर्दै गर्दा बहुसख्यक बन्दाबन्दी प्रताडित नागरिकले राहतको अपेक्षा गरेपनि प्रधानमन्त्रीको सम्बोधन केवल सम्बोधनमै सिमित भएपछि अव के गर्ने ? कसरी गुजारा गर्ने आफ्ना वालवालिकाको दैनिकीको जोहो कसरी गर्ने भन्ने ? जस्ता अनगिन्ती प्रश्नको चपेटामा ती नागरिकहरु भित्रभित्रै छट्पटिएका छन ।

हो   यी यस्तै समस्याका जेलिएका नागरिकको चित्कारलाइ मनन गर्दै  परिश्रमी र सहयोगी मनकारी सहयोग र संस्था कुनै नै कुनै माध्यमबाट सक्रिय रहदै आएको छ । यसैक्रममा आज लकडाउन प्रताडित विभिन्न तहका समूहलाइ लक्षित गर्दै काठमाडौं महानगरको वडा न. १३ स्थित चख्खु टोल र आसपासका क्षेत्रमा तयारी खाना वितरण गरिएको छ ।

भौतिक शरीर जहाँ भए पनि भावानात्मक माया देशसँग जोड्दै  विषम समयमा नेपालका विपन्न परिवारको हातमुख जोड्ने सेवामा समर्पित हुँदै  ठूला ठूला सपना भन्दा पनि भोकालाइ भोजन र प्यासालाइ पानी भन्ने कारुणिक भावबाट ओतप्रोत हुँदै नेपाल ताइवान एसोसिएसन सामाजीक संस्थाको तर्फबाट संगती महिला सहकारीको सहयोगमा वितरण गरिएको खानाबाट करिव एकसय भन्दा बढि स्थानीय क्षेत्रका व्यक्ति लाभाम्वित भएको बताईएको छ । त्यस अवसरमा एसोसिएसनको तर्फबाट नेपालका लागि संयोजक रहनु भएका व्यक्तित्वद्दय सुवोध प्रसाद प्रधान र केदारमान सिं लगायत स्थानीय क्लवको समेत सक्रिय सहभागीता रहेको थियो । त्यस्तै आजै सोहि संस्थाको तफबाट कामपा वडा न. १६ गोङ्गबु सिथत सत्यसाइ समितिका संयोजक सागर अधिकारीको सहकार्यमा स्थानीय १५० प्रताडित नागरिकलाइ भोजन वक्स वितरण गरिएको संस्थाका संयोजक प्रधानले बताउनुभयो ।

त्यस्तै प्रस्तुत संस्थाले कोभिड संक्रमणको विषम अवस्थामा बन्दाबन्दी प्रताडित नागरिक लक्षित हुदै यसअघिपनि महानगरका विभिन्न क्षेत्रमा समयानुकल सहयोग वितरण गर्दै आइरहेका सामाजीक अभियन्ता रमिला शाक्य श्रेष्ठले जानकारी दिइन ।

केहि समय अघिमात्र लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियन काठमाडौं शाखाका सदस्य समेत रहेका फोटो पत्रकार प्रविन श्रेष्ठको सहकार्यमा वडा न १३ स्थित खुसिवयलमा ५० जना भन्दाबढि बन्दाबन्दी पिडितलाइ राहत उपलब्ध गराएका थिए ।

साथमा यो पनि क्लिक गर्नु होला  

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।