शुक्रबार, बैशाख ७, २०८१

नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्री काठमाडौ आइपुग्यो

-अनुप प्रधान-

काठमाडौ जेठ ३, नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री आज काठमाडौ भित्रिएको छ ।

स्वास्थ्य उपकरण, पिपिईलगायत ७३ प्रकारका सामग्री खरिद गर्ने सम्झौता भएअनुरुप चीनको होङजुबाट स्वास्थ्य सामग्री लिएर हिँडेका १० कन्टेनर चीनको खासा र नेपालको तातोपानी हुँदै आज काठमाडौँ आइपुगेकोहो । आज आइपगेको स्वास्थ्य सामाग्रीमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने डिस्पोजल गाउनलगायतका एक हजार १८० क्युबी स्वास्थ्य सामग्री रहेको बताईएको छ ।त्यस्तै बाँकी समाग्री नेवानीको जहाजमार्फत ४७.५ टन सामग्री केही दिनभित्रै नेपाल ल्याइनेछ भएको छ ।

यसैवीच प्राप्त थप जानकारी अनुसार नेपाल सरकारको निर्देशनमा जीटुज प्रक्रियामार्फत नेपाली सेनाले चीनबाट खरिद गरेका अत्यावश्यक स्वास्थ्य सामग्री भरिएको तातोपानी भन्सार कार्यालयबाट आज जाँच गरी राजधानी पठाइएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु