मङ्लबार, बैशाख ४, २०८१

नेपाली सेनाका दुई अधिकारी सहित कोभिड संक्रमितको सख्या २७८

काठमाडौ जेठ ३ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘मिडिया ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले नेपालमा  २२४ पुरुष र ५४ जना महिला गरि कुल कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको जानकारी दिनु भएको छ ।  पछिल्लोपटक महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष थपिएसँगै संक्रमित २७८ पुगेका हो ।

त्यस्तै उहाँले संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश नम्बर–२ र प्रदेश नम्बर–५ मा १०९ जनालाई संक्रमण भएको जानकारीदिदै सिन्धुपाल्चोककी सुत्केरीको मृत्यु कोरोना संक्रमणबाट हो कि हैन भनी पुष्टि गर्नेक्रममा रहेको जनाउ दिनुभएको छ ।

प्रवक्ता देवकोटाका अनुसार ‘पीसीआर’ र ‘आरडीटी’ विधिबाट गरि कुल ६५ हजार ७४९ ओटा परीक्षण गरिएको छ भने  पटिल्लो २४ घन्टामा पीसीआर विधिबाट ३ हजार ५७९ ओटा परीक्षण  गरिएको जानकारी दिनुभएको छ ।

त्यस्तै देशभर १६ हजार ३६६ जना ‘क्वारेन्टाइन’मा रहेका छन् । ३२० जना ‘आइसोलेसन’मा रहेको बताउदै काठमाडौं उपत्यकाभित्र ३२ जना आइसोलेसनमा रहेका डा देकोटाले जानकारी दिनु भएको छ। अहिलेसम्म संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.03

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.03#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Samstag, 16. Mai 2020

यसैवीचमा उच्च समाचारस्रोतबाट प्राप्त जानकारी अनुसार पछिल्ले समयमहोत्तरीमा भेटिएको दुवै संक्रमित नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, महोत्तरीमा कार्यरत सैनिक अधिकारीभएको थाहा भएको छ ।संक्रमित सवैको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।