शुक्रबार, चैत्र १६, २०८०

नेपालमा थप सात जनामा संक्रमण, संक्रमितको संख्या १ सय ९ पुग्यो

काठमाडौं बैशाख २७ , नेपालमा थप सात जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।जनसंख्या तथा स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार थप सात जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय ९ जना पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीले आज विहान जारी गर्नु भएको विज्ञप्तिमा उदयपुर, कपिलबस्तु र पर्सामा गरी सात जनामा संक्रमण देखिएको छ । उदयपुरमा ३ जना महिला तथा कपिलवस्तु र पर्सामा चार जना पुरुषमा संक्रमण देखिएको हो ।

संक्रमित सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको संक्रमितको अवस्था सामान्य रहेको विज्ञप्तिमा जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।