शुक्रबार, चैत्र १६, २०८०

नेपालमा थप एकको कोभिड संक्रमणबाट मृत्यु, मृतकको संख्या ७ पुग्यो

ललितपुरकी एक सुत्केरी महिलामा संक्रमण

काठमाडौं जेठ १७ , दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएका ३५ वर्षीय युवाको पिसिआर रिपोर्ट पोजेटिभ आएसंगै नेपालमा कोभिड स.क्रमणबाट मृत्यु वरण गर्ने सख्या ७ पुगेको छ ।  कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा। लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको पुष्टि गर्नु भएको हो  । गत जेठ ७ गते भारतबाट आएको बताइएको छ ।

यसैवीच स्थायी ठेगाना सुनसरी भइ हाल ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठी बस्ने २३ वर्षीया महिलामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्राप्त जानकारीमा अनुसार गत जेठ ११ गते ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा सुत्केरी हुन भर्ना भएकी ति महिलाको शल्यक्रिया गर्नुपूर्व गरिएको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको उल्लेख गरिएको छ । यसअघि किष्ट अस्पतालमा गत बुधबार मात्र वडा नं २२ बुङ्मतीका ५७ वर्षीया पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।