शुक्रबार, चैत्र १६, २०८०

नेपालमा कोभिड संक्रमितबाट सुत्केरी महिलाको मृत्यु , संक्रमितको सख्या २८१

काठमाडौं  जेठ ३, सिन्धुपाल्चोककी सुत्केरीको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको छ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सुत्केरी महिलाको मृत्यु कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको बताउदै  ती महिलाको कोभिड संक्रमणका कारण मृत्युभएको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले सम्बन्धित स्थानहरु जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टको तर्फबाट शिल गरिएको छ । सम्बन्धित ठाउँमा भोलि विज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परिक्षण गरिने जानकारी दिनुभएको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘मिडिया ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महिलाको मृत्युबारे अध्ययन भइरहेको जनाउ दिनुभएको थियो ।

यसैवीच स्वास्थ्य मन्त्रालयले पनि अहिले ८ :५० जो जारी गरेको विज्ञप्तिमा सिन्धुपाल्चोककी सुत्केरीको मृत्यु कोरोना संक्रमणबाट भएको उल्लेख गरिएकेछ । योसंगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु भएको पहिलो घटना भएको छ । त्यस्तै धनुषा का थप दुइजनामा नयाँ संक्रमति फेला परेसंगै संक्रमितको सख्या पनि २८१ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।