शुक्रबार, बैशाख ७, २०८१

नेपालमा कोभिड संक्रमितको संख्या ४ सय ५७ पुग्यो

काठमाडौ जेठ ८ , पछिल्लो समय मन्त्रलायद्दारा जारी सूचनामा बाँकेमा २, कपिवस्तुमा १ जना र झापामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएके छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ । यसअघि आजै १७ जनामा कोरोना पुष्टि भएको थियो । मन्त्रालयको सूचनामा उल्लेख भएअनुसार झापामा भेटिएको आठैजना संक्रमित पुरुष हुन् । झापाका संक्रमितहरु सवै गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका व्यक्ति भएको बताईएको छ ।

त्यस्तै नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको जानकारी दिदै मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको बताउनुभयो ।

त्यस्ते आज संक्रमति मध्ये राजधानीस्थित टेकु अस्पतालबाट २३ र २५ वर्षीया महिला, ३७ र २७ वर्षीय पुरुष गरि चारजना संक्रमित उपचारपछि अस्पतालबाट डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको सख्या ४९ पुगेको छ भने संक्रणबाट मृत्यु हुनेको सख्या ३ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु