शुक्रबार, चैत्र १६, २०८०

नेपालगञ्जमा संक्रमितको जोखिम बढ्दो, समुदायस्तरमा स्वाब सङ्कलन सहित परीक्षण शुरु

काठमाडौं बैशाख २४ , कोरोना भाइरस न्यूनीकरण तथा रोकथामका लागि परीक्षणको दायरालाई फराकिलो नेपालगञ्जको कोरोना सङ्क्रमित वडा नं ८ का पाँच स्थानबाट समुदायस्तरमा स्वाब सङ्कलन शुरु गरिएको छ । वडाको जोलाहनपुर्वा टोलमा मात्रै २३ जना सङ्क्रमित फेला परेपछि वडाका विभिन्न स्थानबाट समुदायस्तरमा कोरोना परीक्षणका लागि स्वाब सङ्कलन तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकले जनाएको छ ।

त्यस्तै स्वाब संकलनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, डब्ल्युएचओ र प्रदेश सामाजिक विकास मन्त्रालय टोलीको प्रत्यक्ष निगरानीमा मंगलबाट साँझबाटै वडा नं ८ का विभिन्न क्षेत्रमा स्वास्थ्यकर्मी परिचालित भएको बताईको छ ।

पछिल्लो समय नेपागञ्जमा एकाएक संक्रमितको सख्या बढेसंगै बाँकेलाई रेड जोनको प्रारुपमा पहिचान गर्दै परीक्ष्णको कार्यलाइ तिव्रता दिदै वैशाख २५ गते मध्यरातसम्म उपमहानगरपालिका क्षेत्रमा निषेधित क्षेत्र समेत घोषणा गरिएको बाँके प्रशासनले जनाएको छ ।  यसैवीच विन लक्षणको कोरोना संक्रमित नेपालगञ्जमा भेटिएपछि विश्व स्वास्थ्य संगठनको टोली समेतले नेपालगञ्जका स्वास्थ्य टोलीसँग सहकार्य गर्दै संक्रमित स्थलमा काम गरिरहेको प्राप्त समाचारम उल्ल्ेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।