बिहिबार, बैशाख १३, २०८१

नेपालको सवै भूभाग समेटिएको अद्यावधिक नक्सा सहित सङ्घीय संसद्को लोगो परिमार्जित

काठमाडौ जेठ १३. प्रतिनिधिसभाका सदस्यले प्रयोग गर्दै आएको सङ्घीय संसद्को प्रतीक लोगो परिवर्तन गरिएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको आइतवार बसेको बैठकले लोगोमा अंकित नेपालको नक्सा पछिल्लो पटक मन्त्री परिषद बैठकबाट स्वीकृत भएअनुसार  लोगो परिमार्जन गरिएको हो ।

यसअघि प्रतिनिधिसभाका सदस्यले यसअघि भारतले अतिक्रमित गरेको भूभाग नसमेटिएको नक्सा अंकित लोगोप्रयोग गर्दै आएको थियो । तर पछिल्लो पटक लिम्पियाधुरा, लिपुलेक र कालापानीको सहित नेपालको सवै भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै सङ्घीय संसद्को प्रतीक अर्थात लोगो प्रयोगमा ल्याईएको छ ।

त्यस्तै सरकारले जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । नयाँ नक्सा सार्वजनिक भएसँगै सरकारले संविधानको अनूसूची–३ मा रहेको नेपालको निसान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरिसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।