मङ्लबार, बैशाख ११, २०८१

थप ९ जना संक्रमित भेटिएसंगै संक्रमितको संख्या २ सय ५८ पुग्यो

काठमाडौं जेठ २, नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ । पछिल्लो पटक बाँकेका ८ र मकवानपुरका एक जनामा संक्रमण भेटिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेमा आठ जना बाँकेको नैनापुर बडा नम्बर १, ३ र ५ का पुरुष छन् । उनीहरुको उमेर १८ देखि ३६ वर्षसम्म रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै थप एक जना मकवानपुर निवासी ३६ वर्षीय पुरुष रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यसअघि बिहीबार छ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि पीसीआर विधिबाट २२ हजार ६ सय ६४ वटा परीक्षण गरिएको र पछिल्लो समय कर्णालीबाहेक छ वटा प्रदेशका २३ जिल्लामा सङ्क्रमित फेला परेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।