बुधबार, बैशाख १२, २०८१

थप १ सय ५६ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुग्यो

काठमाडौ जेठ १५ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको प्रेस विफ्रिङ्गमा मन्त्रालयलका प्रवक्ता डा.विकास देवकोटाले स् बिहीबार एकैदिन थप १ सय ५६ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको जानकारी दिनु भएको छ ।

मन्त्रालयका प्रवक्ता देवकोटाकाअनुसार विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीमा २ कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २५, भरतपुर अस्पतालमा नवलपुरका १ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशाला , गण्डकी प्रदेशको प्रयोगशालामा र हेटौंडास्थित प्रयोगशाला मा गरिएको परीक्षणमा १५६ जनामा पाईएको पोजिटिभ रिपोर्टसंगै संक्रमितको संख्या १ हजार ४२ पुगेको हो ।

त्यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षिया पुरुषको मृत्यु भएसंगै मृतकको सख्या ५ पुगेको जानारीदिदै उहाँले देशका विभिन्न अस्पतालमा ८ सय ५० जना संक्रमितको आइसोलेसनमा उपचारभइरहेको जानकारीदिनु भएको छ ।

त्यस्तै प्रवक्ता देवकोटाले आजको मिति सम्म पीसीआर विधिबाट ६० हजार ६ सय ९६ र आरडिटी विधिबाट १ लाख २ हजार ३४ जनाको नमुना परीक्षण भएको जानकारीदिनुभएको छ ।  पछिल्लो जानकारी अनुसार संक्रमितको सख्या बढेसंगै उपचारपछि निकोभइ डिस्चार्ज हुनेको सख्या भने १८७ पुगेको बताउनभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।