बिहिबार, चैत्र १५, २०८०

थप १८९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको सख्या १४०१ पुग्यो

काठमाडौं जेठ १७,  पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा   थप १८९ जनामा कोरोना संक्रमण पुष्टि स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आजको प्रेस विफ्रिङ्गमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले   अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १८५ जना पुरुष ४ जना महिलामा कोभिड पुष्टि भएको जनाएको हो । यो संगै मुलुकमा संक्रमितको सख्या एक हजार चारसय १ पुगेको हो ।

पछिल्लो समय मुलुकको ५३ जिल्लालाइ प्रभावित तुल्याउँदै  फैलिएको कोभिड संक्रमणको पिसिआरबाट ६६ हजार ७ सय २९ र आरडिटीबाट १ लाख ७ हजार ५५ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ  त्यस्तै अहिलेसम्म कोभिड संक्रमणकै कारण सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर र अर्घाखाँचीमा एक/एक गरी ६ जनाको मृत्यु भइसकेको   छ भने २१९ जना उपचार पछि डिस्चार्ज भएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।