शुक्रबार, चैत्र १६, २०८०

थप १३ जनामा कोरोना संक्रमण पुष्टिभएसंगै संक्रमितको सख्या १३४ पुग्यो

काठमाडौं बैशाख २९, नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

मन्त्रालयका सह – प्रवक्ता डा समिर कुमार अधिकारीद्दारा जारी विज्ञप्तिमा संक्रमित हुनेहरुमा कपिलवस्तुका ६ जना, रुपन्देहीका ६ जना र बर्दियाका १ जना रहेको उल्लेख गर्दै यो संगै संक्रमितको सख्या १३४ पुगेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा रुपन्देहीको समरी गाउँपालिका९७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुष र कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको बताईएको छ ।  यसअघि सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो । बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उमेर समूहका आधारमा नहुने बताउँदै यो जुन सुकै उमेरका व्यक्तिहरुमा देखिँन सक्ने भएकोले भ्रममा नपरौं

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको मिडिया ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले देशभर १७ हजार ८०९ जनामा ‘पीसीआर’ परीक्षण गरिएको छ भने ५८ हजार ५४६ जनामा ‘आरडीटी’ परीक्षण गरिएको जानकारी दिनुको अलावा देशभर १२ हजार ७०१ जना ‘क्वारेन्टाइन’मा र १५३ जना ‘आइसोलेसन’कक्षमा रहेको जानकारी दिनु भएको थियो ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.29

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.29#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Montag, 11. Mai 2020

त्यस्तै प्रवक्ता देवकोटाले कोभिड संक्रमण उमेर समूहका आधारमा नहुने बताउँदै यो जुन सुकै उमेरका व्यक्तिहरुमा देखिँन सक्ने भएकोले भ्रममा नपर्न आग्रह समेत गर्नु भएको छ ।साथै धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा अझ संक्रमणको जोखिम बढी हुने भन्दै मन्त्रालयले त्यस्ता पदार्थ प्रयोग गर्न नर्गन समे आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।