बुधबार, बैशाख ५, २०८१

थप दुई जनामा कोभिड सङ्क्रमण भेटिएसंगै सङ्क्रमितको सङ्ख्या ५९ पुग्यो

काठमाडौं बैशाख १९ , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप दुई जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको जनाएको छ ।

मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५ र नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरुषमा सो सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

डा अधिकारीका अनुसार संक्रमण देखिएका दुवैजनाको अवस्था सामान्य रहनुको अलावा स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताउनुभयो । नेपालमा सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ भने १६ जना सङ्क्रमित उपचार पछि घर फर्किसकेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु