शुक्रबार, चैत्र १६, २०८०

तीन दिन देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना

काठमाडौ जेठ १४ , मौसम पूर्वानुमान महाशाखाले प्रिमनसुनको प्रभावले आगामी ३ दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना औल्याएको छ ।

महाशाखाका अनुसार यसवीचमा दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षाको संभावना रहेको जनाउदै पछिल्लो समय आकाशको बादल र वर्षाको प्रकृर्ति मनसुन जसते देखिएपनि यो मनसुन नभई प्रिमनसुनी गतिविधि भएको जनाएकोछ ।

त्यस्तै महाशाखाका अनुसार सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हुने गर्छ । मनसुन भित्रिन्न करिव एकसाता भन्दा लामो समय बाँकी रहेको जनाउदै यसवीचको मौसमी उतारचढाव अनुसार देशको पूर्वी तथा मध्य पहाडी भूभागको केही स्थानका साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मध्याह्नपछि मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेका कारण सर्तक रहन समेत आग्रह गरिएको छ ।

त्यस्ँतै बिहीबार देशको पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना औल्याउनुको अलावा शुक्रबार पनि देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई पूर्व र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।