शुक्रबार, चैत्र १६, २०८०

जलाउन लागेको वालकको शव प्रहरीले लियो नियन्त्रणमा

काठमाडौ जेठ १३, शङ्खरापुर नगरपालिकाका एक बालकले सुसाइड नोट लेखेर आफ्नै घरको दोस्रो तलामा झुण्डिएर आत्महत्या गरेका छन् । १५ वर्षीय सुनबहादुर तामाङले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनु, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

मृतक तामाङको शव सोमबार राति गुपचुपरूपमा जलाउन लाग्दा महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी चौकी नाङ्लेभारेको संयुक्त टोलीले शव नियन्त्रणमा लिएसंगै घटनाको सार्वजनिक चर्चा भएको थियो ।

प्रहरीका अनुसार परिवारले शव जलाउन लाग्दा प्रहरीले नियन्त्रणमा लिएर शव परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएका जनाएकोछ । शव परीक्षणको रिपोर्ट पछि घटनाको थप अनुसन्धान हुने प्रहरीको भनाइ रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।