बिहिबार, बैशाख ६, २०८१

जनमानसमा भ्रामक समाचार सम्प्रेषण गर्ने  ७० वटा अनलाइनमाथि कारवाही  

काठमाडौं जेठ ११ , प्रेस काउन्सिलले कोभिड संक्रमणको उच्च जोखिमका विषम अवस्थामा पत्रकार आचार सहिताको मूल्य र मान्यता विपरित जनमानसमा भ्रामक समाचार सम्प्रेषण गरेका ७० वटा अनलाइन बन्द गरिएका छन्।

काउन्सिलका सूचना अधिकारी दिपक खनाललेका अनुसार चैत १० गतेदेखि जेठ ८ गतेसम्मको अवधिमा काउन्सिलले गरेको अनुगमनको क्रममा अफवाह फैलाउने सूचना विभागमा समेत दर्ता समेत नभएका सञ्चार संस्थाहरूलाई कारबाही गरिएको जानकारी दिए ।

त्यस्तै सूचना अधिकारी खनालद्दारा जारी विज्ञप्तिमा लकडाउनको अवधिमा ५९ वटा सञ्चारमाध्यलाई स्पष्टिकरण माग गरिएको उल्लेख गरिएको छ भने २२ वटालाई सचेत गराइएको छ । त्यस्तै ४० वटालाई निर्देशन दिइएको छ । साथै १४ वटाको ध्यानाकर्षण गराइएको छ भने एउटालाई अन्तिम चेतावनी दिइएको उल्लेख गरिएको छ ।   यस्तो छ कारवाही गरिएका अनलाइनको सूची

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।