मङ्लबार, बैशाख ११, २०८१

चिकित्सक संघलाई काठमाडौ महानगरको ज्याकेट सहयोग

काठमाडौं जेठ १७ , कोभिड संक्रमणको उच्च जोखिमकावीच पनि जोखिाको भरपर्दो सुरक्षा सामाग्री नहुँदा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई काठमाडौ महानगरपालिकाले १ हजार थान ज्याकेट सहयोग गरेको छ । काठमाडौं महानगरका प्रमुुख बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डा भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीलाई संयुक्त रुपमा ज्याकेट हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै ज्याकेट हस्तान्तरण गर्दै प्रमुख शाक्यले कोभिड १९ संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकलाई महानगरपालिकाको तर्फबाट सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताउदै अग्रमोर्चामा खटिएका चिकित्सकलाई मनोबल उच्च बनाएर संक्रमितको उपचारमा खटिन सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

त्यस्तै प्रमुख शाक्यले घनाबस्ती रहेको उपत्यकामा संक्रमण फैलियो भने भयावह अवस्था सिर्जना हुने भएकाले उपत्यकावासीलाई थप सचेतना फैलाउनका लागि चिकित्सकको भूमिका महत्वपूर्ण हुने पनि बताउदै अग्रमोर्चामा खटिने चिकित्सकलाई आवश्यक थप सामाग्रीको सक्ने सहयोग गर्न काठमाडौं महानगर प्रतिवद्ध रहेको बताउनुभयो ।

क्षत्रपाटी निस्शुल्क चिकित्सालय अध्यक्ष डा मनोजमान श्रेष्ठको संयोजनमा सम्पन्न ज्याकेट हस्तान्तरण कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल ,नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा कोइराला ,नेपाल चिकित्सक संघका अध्यक्ष डा कार्की लगायतले वोल्नु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोख्रेल, चिकित्सक संघका महासचिव बद्री रिजाललगायतको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।