बिहिबार, बैशाख ६, २०८१

कोभिड–१९ उच्चस्तरीय समितिको बैठक: विदेशमा अलपत्र नेपालीलाई हवाइ र स्थलमार्गबाट स्वदेश फर्काइने

काठमाडौ जेठ १६, कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले असहज परिस्थितिमा विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको बैठकको निर्णयको जानकरी दिदै समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले दिनु भएको जानकारी अनुसार यसअघि मन्त्रिपिरिषद बैठकले भारत लगायत तेस्रो मुलुकमा लकडाउनका कारण अलपत्र परेका नागरिक फिर्ता ल्याउने नीतिगत निर्णय गरे अनुरुप विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना उपर छलफल सहित निर्णय गरेको जानकारी दिनुभयो ।

प्रस्तुत निर्णयसंगै सरकारले विदेशबाट नेपाल ल्याउनु पर्ने मुलुक र राजदूतावाससँग समन्वय गरी तत्कालै गम्भीर समस्यामा रहेका २५ हजार नागरिक पहिलो चरणमा स्वदेश फर्काउने भएकोछ । त्यस्तै यसको लागि परराष्ट्र मन्त्रालयले बढीमा १० दिनभित्र विभिन्न देशवाट स्वदेश फर्किन चाहानेहरुको विवरण संकलन गर्ने भएको छ ।

त्यस्तै समितिका प्रवक्ता बिडारीका अनुसार समितिले ‘नेपाल आउने नागरिकलाई हवाई र स्थलमार्गहुँदै नेपाल ल्याइने छ । स्थलगत मार्ग हुदै आउँदै नागरिकलाई लागि २० वटा नााकामार्फत नेपाल प्रवेश गराइने जानकारी दिनुभएको छ । साथै उहाँले सरकारले पहिलो चरणमा विदेशमा उपचार गर्न गएका, विदेशमा रोकिएर काजकिरिया गर्न नपाएका, कार्यक्षेत्रबाट निकालिएका , सुत्केरी तथा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति जो अलपत्र हालतमा रहेका छन ,त्यस्ता नागरिकलाई प्राथमिकतामा राखेको जानकारीदिनुभएको छ ।

त्यस्तै आजको बैठकमा लकडाउनको प्रारुप परिवर्तन गर्ने विषयमा पनि छलफल भएपनि केही निर्णय भएको छैन । लकडाउनको समय अझै केही दिन बाँकी रहेकाले आगामी बैठकमा यसवारेमा थप छलफल हुने उहाँले बताउनभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।