शुक्रबार, चैत्र १६, २०८०

कोभिड सङ्क्रमितको सङ्ख्या ५८४ पुग्यो

४६ हजारको पिसिआर परीक्षण

काठमाडौं जेठ १० , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको प्रेस विफिङ्गमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सङ्क्रमण फैलन नदिन परीक्षणको दायरा बढाउँदै लगेको जानकारीदिनु भएको छ । प्रवक्ता देवकोटाका अनुसार हालसम्म पिसिआर विधिबाट कूल ४५ हजार ९५७ रआरडिटी विधिबाट ८६ हजार २३५ परीक्षण गरिएको उहाँले जानकारी दिनुभएकोछ । त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै तीन हजार ४९४ र आरडिटी विधिबाट ४ हजार ११९ परीक्षण  गरिएको जानकारी दिनु भएको छ।

त्यस्तै पछिल्लो डेटा अनुसार नेपालमा कोभिड १९ संक्रमितको सख्या सङ्ख्या ५८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बाँकेमा २७, बैतडीमा चार, सुर्खेतमा तीन, बर्दिया र झापामा एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बैतडीको शिवनाथ गाउँपालिका, बर्दियाको बढैयाताल गाउँपालिका, झापाको झापा गाउँपालिकामा सङ्क्रमित भेटिएका हुन् । यस्तै सुर्खेतको सुर्खेत अस्पतालमा गरिएको परीक्षणमा थप तीन जनामा सक्रमण भएको पुष्टि भएको जानकारी दिनु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेशगत आधारमा प्रदेश नं १ मा १० हजार १६९, प्रदेश नं २ मा छ हजार ३०८, वाग्मती प्रदेशमा २१ हजार ७१२, गण्डकी प्रदेशमा सात हजार ७०१, प्रदेश नं ५ मा ११ हजार ४८९, कर्णाली प्रदेशमा नौ हजार ३९ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ८१७ जनाको आरडिटी परीक्षण गरिएको छ । साथै देशैभर क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ३२ हजार ५८७ छन् भने आइसोलेशनमा रहेकाको सङ्ख्या ५०८ रहेको छ । त्यस्ते उपचारपछि डिस्चार्ज हुनेको सख्या ७० रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको सख्या ३ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।