शुक्रबार, चैत्र १६, २०८०

कोभिड नियन्त्रणका लागि छ अर्ब बजेट, उपत्यकामा ३सय शैयाको सुविधा सम्पन्न थप सरुवा रोग अस्पताल बन्ने

सबै प्रदेश राजधानीमा ५० शैयाको सरुवा रोग अस्पताल र अत्याधुनिक स्वास्थ्य प्रयोशगाला सञ्चालनका लागि बजेट विनियोजन

काठमाडौ जेठ १५ , सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ । आज संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७÷ ७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यकपर्ने औषधि, उपकरण तथा उपचार सामग्रीका लागि रु छ अर्ब बजेट व्यवस्था गरिएको बताउनुभयो ।

त्यस्तै अर्थममन्त्री खतिवडाले बजेट अभिव्यक्ति मार्फत कोभिड सङ्क्रमणको रोकथाम र नियन्त्रण तथा थप संक्रमण बढ्न नदिनका लागि उच्च जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउँदै थप गुणस्तर क्यारेन्टाइनको स्थापना भरपर्दो उपचार सेवा प्रवाह गर्न र नागरिकमा भएको मनोवैज्ञानिक त्रासलाई सम्बोधन गर्न आवश्यक बजेटको व्यवस्था मिलाइएको जानकारी समेत दिनुभएको छ ।

त्यस्तै उहाँले  बजेटमा कोरोनालगायत अन्य सङ्क्रामक रोगविरुद्ध कार्यरत रहेका सबै स्वास्थ्यकर्मीलाई रु पाँच लाखसम्मको निःशुल्क स्वास्थ्य जीवन बीमा बजेटमा गरिएको बताउदै आगामी वर्ष काठमाडौँ उपत्यकामा ३०० श्ययाको सुविधा सम्पन्न छुट्टै सरुवा रोग अस्पताल र सबै प्रदेश राजधानीमा ५० श्ययाका सरुवा रोग अस्पताल र अत्याधुनिक स्वास्थ्य प्रयोशगाला सञ्चालनका लागि बजेट विनियोजन गरिएको जानकारी समेत दिनुभएको छ ।

साथै पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालको स्तरोन्नति गरी विशेषज्ञ अस्तपालका रुपमा विकास गर्दै लगिने जानकारी समेत दिनुभएको छ  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।