शुक्रबार, चैत्र १६, २०८०

कुल संक्रमित मध्ये ३१ जना उपचारपछि डिस्चार्ज, ७८ जनाको उपचार हुँदै

नेपाली सेनाको टोलीले कोभिड १९ को उच्च जोखिम भएका जिल्लाबाट ३ दिन भित्र पाँच हजार भन्दा बढिको पीसीआर परीक्षण गरिने

काठमाडौ बैशाख २७ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको मिडिया ‘प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभर १६ हजार ३०९ जनाको पीसीआर परीक्षण भएको छ भने ५५ हजार ९३० जनाको ‘आरडीटी’ परीक्षण गरिएको जानकारी सहित उदयपुर, बारा, पर्सा, रौतहट र प्रदेश नम्बर–५ का केही जिल्लामा पाँच हजार ३२० जनाको पीसीआर परीक्षणका लागि सैनिक टोली खटाइएको जानकारी दिनु भएके छ ।

त्यस्तै उहाँले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको सहयोगमा ३ दिनभित्र नमुना संकलन गरिसक्ने उनले जानकारी दिदै देशभर १४३ जना ‘आइसोलेसनमा  यसमध्ये उत्यकाभित्र २ जना र उपत्यका वाहिर १४१ जना ,१४ हजार ५९२ जना ‘क्वारेन्टाइन’मा रहेको जानकारी दिनु भएको छ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.27

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.27#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Samstag, 9. Mai 2020

हालसम्म संक्रमितको पुरुष ७८ र महिला ३१ गरि कुल संक्रमित १०९ मध्ये  कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत् एक महिला संक्रमित निको भइ ‘डिस्चार्ज’ भएसंगै डिस्चार्ज हुनेको सख्या ३१ पुगेको छ भने  ७८ जना संक्रमितको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको र उपचारमा रहेका सवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।