शनिबार, बैशाख ८, २०८१

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक

काठमाडौ जेठ ७ ,  सरकारले आज नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार एक कार्यक्रमकावी भारतले अतिक्रमण गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन्।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भू–भागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभाग बाहेकको नेपालको क्षेत्रफल एक लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर रहेको छ ।

नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक काम कारबाही समेत अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । भारतले सन् १८१६ को सुगौली सन्धिले नेपालकै भूभाग भनी किटान गरेको भूमि हुँदै मानसरोबर जाने बाटाको ट्रयाक खोलेपछि नेपाल जवाफ दिन बाध्य भएको हो ।
यसअघि सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।