शनिबार, बैशाख ८, २०८१

काठमाडौ र भक्तपुरमा कोभिड संक्रमित देखिएसंगै सर्वत्र त्रास, ३ नै जना संक्रमित तराइबाट उपत्यका प्रवेश गरेको खुलासा

भक्तपुरका २ संक्रमित मध्ये १ जना पूर्वगृहमन्त्री रावलको सुरक्षादस्तामा खटिएका सशस्त्रका जवान

काठमाडौं वैशाख ३१, मंगलवार काठमाडौमा १ र भक्तपुरका २ व्यक्तिलाइ कोभिड संक्रमण पुष्टि भएसंगै ३ जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ । त्यस्तै संक्रमित व्यक्ति सवालमा समेत सर्वत्र जिज्ञासा भइअनुरुप आमीलाइ प्राप्त पछिल्लो जानकारी अनुसार समय काठमाडौमा कोरोना पुष्टि भएकी काठमाडौं चन्द्रागिरि नगरपालिका ९ की ३३ वर्षिया महिला भएको र उनी बैशाख २९ गतेमात्र कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएकी हुन् ।

काठमाडौकी उनी नेपालमा लकडाउन हुनुभन्दा पहिले नै पारिवारीक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी थिइन । लकडाउन भएपछि महेन्द्रनगरमा नै बसेको थिइन । त्यसपछि आइतबार मात्र नीजि गाडीको पास बनाएर काठमाडौं आएको जानकारी प्राप्त भएको छ ।  साथै काठमाडौ आउनासाथ शसस्त्र प्रहरीले उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो ।

यस्तै भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट बैशाख २९,गते नै काठमाडौ आएकी हुन् । उनले मोटरसाइकलको पास बनाएर काठमाडौं आएका थिए । काठमाडौं आइसकेपछि ठिमीस्थित साथीकै कोठामा बसेकी बुझिएको छ ।

साथै भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि तराइबाट आएको हो । उनी केहीदिन अगाडी काठमाडौ आउने सवारी पास बनाएर काठमाडौ छिरेको हो । त्यसपछि चाागुनारायण, दुवाकोटस्थित आफ्नै डेरामा बसेको थियो । तराईबाट आएको हुनाले स्वाब संकलन गर्न दिएका ती युवालाई कोभिड   पोजेटिभ देखिएको  हो ।

यसैवीच भक्तपुरमा भेटिएका २ जना कोभिड संक्रमित मध्ये एकजना पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान रहेको तर यसवीचमा उनि विदामा रहेको विशेष सूत्रबाट जानकारी प्राप्त भएको छ ।  त्यस्तै २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुरको चाँगुनारायण नगरपालिका, दुवाकोटामा अस्थायी रुपमा बस्दै आएको बताइएको छ । साथै अर्का महिला संक्रमित पनि भक्तपुरको ठिमी स्थित एक स्वास्थ्य संस्थामा कार्यरत रहेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।