शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस सासंद थापाद्दारा ससंदमा सरकारको ध्यानाकर्षण सहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं बैशाख २९,  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ‘कोरोनाको कहरबाट प्रभावित विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल सुरक्षितरुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न’ माग गर्दै संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

कोभिड जोखिमको बढ्दो विषम अवस्थामा विदेशमा अप्ठ्यारोमा परेका नेपालीले आफ्नो देशमा आउन खोज्नु र राज्यको संरक्षण पाउन खोज्नु स्वाभाविक मात्र नभई उनीहरूको अधिकार र नेपाल सरकारको दायित्व भएको जिकिर सहित काँग्रेस सासंद गगन थापा प्रस्तावक रहेको डा डिला सङ्ग्रौला तथा प्रकाश रसाइली समर्थक रहेको उक्त प्रस्ताव दर्ता भएको हो ।

आज दर्ता गरिएको उक्त प्रस्तवमा विश्वका कयैन मुलुकले नेपालमानै अलपत्र परेका आफ्ना नागरिकलाइ स्वेदेश फिर्ता लगि सकेको अवस्थालाइ समेत नजर अन्दाज गर्दै नेपाल सरकारले यस विषयमा कुनै गम्भीरता नदेखाएको मात्र नभइ सर्वोच्च अदालतले जारी गरेको आदेश र संसदीय समितिहरूले ध्यानाकर्षण सहित दिएको निर्देशन समेतको सुनवाइ नभएको उल्लेख गरिएको छ ।

त्यस्तै तत्काल यस विषयमा योजना बनाउन आवश्यक रहेको ठहर सहित सरकारको ध्यानाकर्षण गराउदै विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्न र त्यसपछि तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विभिन्न कामका बारेमा सुझावसमेत उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।