बिहिबार, चैत्र १५, २०८०

एटिएम फुटाउँदै गरेका तामाङ प्रहरी नियन्त्रणमा

भक्तपुर जेठ १७, मध्यपुर ठिमी नगरपालिका९६ बाहखा बजारस्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर ठिमी नगरपालिका९६ बस्ने २१ बर्षीय सचिन तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बैंकको एटिएम फुटाउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो । तामाङको साथबाट मेशिन फुटाउन प्रयोग गरेको ह्याम्बर १ थान, स्क्रु १ थान, एटिएम मेसिनको बाहिरी कभर र रोलर प्रहरीले बरामद गरेको जनाएको छ ।

त्यस्तै प्रहरीले पक्राउ परेका तामाङलाई प्रहरी बृत्त थिमिमा राखेर अनुसन्धान भइरहेको र आइतबार जिल्ला अदालत भक्तपुरमा म्याद थप गर्दै  अनुसन्धान सुरु गरिने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।