बिहिबार, बैशाख ६, २०८१

एकल महिला, अशक्त र अपांग मासिक भत्ता यथावत राख्न माग

काठमाडौ जेठ १५ , नेपाल महिला संघ काठमाडौं जिल्ला समितिले सामाजिक सुरक्षा भत्ता अन्तर्गत एकल महिला, अशक्त र अपांगहरुलाई दिदै आएको मासिक भत्ता यथावत राख्न सरकारसँग माग गरेको छ ।
नेपाल महिला संघ काठमाडौं जिल्ला समितिले संगठन सुदृढीकरण तथा विस्तार गर्ने कार्यलाई कोभिड   संक्रमणका बावजुद पनि निरन्तरता दिने लक्ष्यले जेठ ११ गते आइतबार जिल्लाका पदाधिकारी, क्षेत्रिय सभापति तथा संगठनमा क्रियाशिल सदस्यवीच आयोजित भच्र्युअल मिटिङमा मार्फत यस्तो आग्रह गरेको हो ।

त्यस्तै समितिका अध्यक्ष विष्णुदेवी पुडासैनीको अध्यक्षतामा भएको उक्त मिटिङमा कोभिड १९ को संक्रमणका कारण नेपाली जनता प्रताडित हुन पुगेको अवस्थामा काठमाडौंको विभिन्न क्षेत्रमा बसोबास गर्दै आउनुभएका महिला संघआवद्ध दिदीबहिनीहरुले आ–आफ्नो क्षेत्रमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन सुरु गरेको अभियानको जानाी सहित संक्रमणले सिर्जना गरेको चुनौतिलाई सामना गर्न खोजी गर्ने उ सरकारलाई विभिन्न विषयमा ध्यानाकर्षण समेत राहत प्याकेज घोषणा गर्न माग समेत गरेको छ ।
साथै क्षेत्रमा भईरहेको समस्या नवजात शिशुहरुलाई लगाउँदै आएको अति आवश्यक खोपहरु पूर्ववत अवस्थामा सुचारु गर्न , गर्भवती महिलाहरुलाई निशुल्क अस्पतालमा पुराई सुरक्षित बच्चा जन्माउने व्यवस्था मिलाउन विदेश तथा नाकामा अलपत्र परेका नेपाली नागरिकलाई नाकामै व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गर्दै पिसिआर विधिबाट स्वास्थ्य परिक्षण गराउन समेत  महिला संघले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।