शुक्रबार, चैत्र १६, २०८०

उपत्यका प्रदेश अन्र्तगतका ११९ पत्रकारको कोभिड बीमा

काठमाडौ जेठ १० ,जेठ कोभिड–१९ को सङ्क्रमणको जोखिममा काम गरिरहेका नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिअन्र्तगत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको ‘कोभिड पत्रकार बीमा’ गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाको पहल एवं मिसन मिडिया क्लबको आर्थिक सहयोगमा प्रतिपत्रकार रु एक लाखको कोरोना बीमा गराएको हो । महासचिव झाले उपत्यका प्रदेशअन्तर्गतका जिल्लामा आवद्ध क्रियाशील पत्रकारको बीमाका लागि क्लबले प्रतिव्यक्ति रु ६०० का दरले ११९ जनाको बीमा शुल्क तिर्न सहयोग गरेको जानकारी दिनुभयो ।

 उक्त बीमाअनुसार  कुनै पत्रकारको  कोभिड परीक्षणको क्रममा कोभिड– १९ पोजेटिभ देखिएको अवस्थामा  बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सले रु एक लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउनेछ । यसअघि कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमसँगै मिसन मिडिया क्लबका अध्यक्ष समेत रहनुभएका महासचिव झाले बीमा कार्यक्रम घोषणा गर्नुभएको थियो । यसैगरी दोस्रो चरणमा थप २५१ जनाको पनि कोभिड पत्रकार बीमा गर्ने सम्बन्धि आवश्यक तयारी   भइरहेको क्लबले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।