शनिबार, बैशाख ८, २०८१

आफैले अवरुद्ध गरेको सडकमार्ग आफ्नै लागि अप्रिय घटनाको सूचक नवनोस !

  • अनुप प्रधान

काठमाडौं जेठ २, कोभिडको उच्च् जोखिम देखिएसंगै काठमाडौं महानगरका विभिन्न् क्षेत्रमा पछिल्लो समय स्थानीय संघ संस्थाको अगुवाइमा अपरिचित व्यक्ति देखिएसंगै उनिहरुलाइ प्रवेशमा रोक लगाएको सूचना टाँस गर्दै कोभिड सक्रमण फैलिन नदिन सोधपुछ गर्ने गरिएको छ । चाहे त्यो मोफसलबाट आएको होस वा अन्य कुनै क्षेत्रबाट आएको होस नयाँ अनुहार देख्ने वित्तिकै स्थानीय युवाहरुको जमातले स्वत स्फुर्तरुपमा अनेकन प्रश्न गर्न थालको पाईएको हो ।

काठमाडौं उपत्यकावाहिरबाट काठमाडौं प्रवेश गरेकाहरुमा कोभिड- १९ संक्रमण देखिन थालेपछि काठमाडौंका भित्रि सहरहरु काष्ठमण्डप, जैसिदेवल, भिमसेनथान लगायतका भित्रि क्षेत्रहरुमा अपरिचित व्यक्तिहरुलाई प्रवेश निषेध गर्दै स्थानीयवासीहरुले आफ्नो क्षेत्रमा आफैले संक्रमण नियन्त्रण गर्नुपर्ने अवधारणा अनुसार यसकिसिमको सोधपुछ गर्न थालिएको हो ।  पछिल्लो समय स्थानीय संघसंस्थाका अगुवाहरुमा देखिएको यो सतर्कता आफैमा स्वागत योग्य रहेको छ । तर शहरको मुख्य मार्गमा नै फलामाको तार बाँध्ने ,सडक चौराहमा अत्याआवश्यक सवारी समेत जान नमिल्लो गरि अवरुद्ध गर्ने जस्ता प्रवृतिलाइ किमार्थ स्वीकार गर्न सकिन्न ।

हुनत काठमाडौं महानगरले यसवीचमा आआफनो टोल छिमेकमा  टोलका डेरावालाहरुको सवालम सर्तक हुन आव्हान गरेपनि सडकमार्गनै अवरुद्ध गर्न निर्देशन दिएको हो भने त्यो निर्देशन स्वयम स्थानीयको लागि घातक हुन सकछ भन्ने तर्फ समेत जनजनले हेक्का राख्न आवश्यक देखिन्छ । किनकी समुदायमा जुन सुकै वेला जस्तोसुकै घटना घट्न सक्छन । यस्तो वेला आफैले अवरुद्ध गरेको सडकका कारण अप्रिय घटना समेत घट्न सकने पक्षलाइ दृष्टिगत गर्दै यसतर्फ वेलैमा ध्यानाकर्षण हुन आवश्यक देखिन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।