बिहिबार, बैशाख १३, २०८१

आज मात्र थप नौ जनामा कोभिड संक्रमणको पुष्टि

काठमाडौ जेठ ३ शनिबार बिहान थप ९जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षणमा ६ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिएको हो।

मन्त्रालयका अनुसार संक्रमितमा बर्दिया नार्खु–१२ का २८ वर्षिया महिला, सिरहा सखुवा–१९ का ३० वर्षिय पुरुष, पर्सा वीरगन्ज–१२ का २८, २९ वर्षिय पुरुष, सर्लाही रामनगर–४ का १८ वर्षिय महिला, चितवन गडौली–१ का २५ वर्षिय महिला लाई कारोना संक्रमण भएको संक्रमण पुष्टि गरेको छ

त्यस्तै आजै कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका थप ३ जनामा संक्रमण पुष्टि गरेसंगै संक्रमितको सख्या २७६ पुगेको छ । जसमध्ये ३६ जना निको भइ घर फर्किसकेका छन् । बाँकी संक्रमितको समेत स्वास्थ्य अवस्था सामान्य रहनुको अलावा स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।