शुक्रबार, चैत्र १६, २०८०

आजमात्रै ८३ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै संक्रमितको संख्या २ सय १७ पुग्यो

काठमाडौ १ ,भक्तपुरमा २ जनामा संक्रमित

काठमाडौं बैशाख ३० , नेपालमा मंगलवारमाज्ञ कोभिड १९ ८३ जना संक्रमित फेला परेसंगै संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयद्दारा राती १०: १५ वजे जारी विज्ञप्तिमा काठमाडौ १ भक्तपुरमा २ सहित पर्सामा १८ , महोत्तरी २ धनुषाका २ , र सर्लाही १ गरि २६ जनामा संक्रमण देखिएको उल्लेख गरिएको छ ।   यसअघि मंगलबार नै ५७ जना समेत गरि८३ जनामा संक्रमण पुष्टि भइसकेको छ।

त्यस्तै सक्रमितमा अहिलेसम्म रुपन्देहीका एक संक्रमित आजै उपचार पछि अस्पतालबाट डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको सख्या ३४ पुगेको छ भने अन्यको उपचार हुदै छ। त्यस्तै आज सक्रमितहरुको सबैको अवस्था समेत सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको  छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।