शुक्रबार, बैशाख ७, २०८१

अस्पतालकै कर्मचारीमा संक्रमण देखिएसंगै निदान अस्पतालमा सिल ,कन्ट्रयाक ट्रेसिङ’ गरिदै

काठमाडौ बैशाख ३१, आरोग्य फाउण्डेशनमा कार्यरत एक महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएसँगै निदान अस्पतालको मुख्य गेटमा सिल गरिएको छ ।

सङ्क्रमित युवती अस्पतालमा गएर विभिन्न व्यक्तिसँग भेटेको हुनसक्ने आशङ्कामा अस्पतालमा सिल गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । आरोग्य फाउण्डेशन र निदान अस्पताल एउटै गेटभित्र रहेकाले मुख्य गेटमा नै सिलबन्दी गरिएको हो ।

त्यस्तै प्रहरीले अस्पतालमा रहेका स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी, कुरुवालगायत कसैलाई पनि भित्रबाट बाहिर निस्कन दिइएको छैन । स्वास्थ्य सेवा विभागको टोलीले ‘कन्ट्रयाक ट्रेसिङ’ शुरु गरिसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु