बिहिबार, चैत्र १५, २०८०

अपराह्नपछि हावाहुरी एवम मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं जेठ १२ , मौसम पूर्वानुमान महाशाखाले भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा भित्रिएको जनाएको छ । त्यस्तै महाशाखाले आज जारी गरेको आगामी २ दिनको मौसम पूर्वानुमान बुलेटिनमा नि नेपालमा भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभावका कारण मोसमा थप उतारचढावको संभावना रहेको जनाएको छ ।

निम्न चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यका सहित देशको पश्चिमी पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

त्यस्तै मंगलवार देशको पूर्वी भूभागलगायत मध्य र पश्चिमी पहाडी भूभागमा बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाउादै बुधबार देशको मध्य तथा पूर्वी भूभागका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना औल्याएको छ ।

महाशाखाको विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १८ दशमलव २ डिग्री र रहने जनाएकेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।