बिहिबार, बैशाख १३, २०८१

अन्तत, सरकारी वकिल कार्यालयमा सांसद अपहरणको मुद्धा दर्ता

आफुहरुमाथि नियोजित अपहरणको आरोपबाट मानवअधिकार हनन भएको भन्दै आरोपित सांसदद्दय बस्नेत, श्रेष्ठ र पूर्व प्रहरी प्रमुख खनालका तर्फबाट आयोगमा अर्को उजुरी दर्ता

काठमाडौं बैशाख २२ सांसद डाक्टर सुरेन्द्र यादवले दिएको अपहरणको जाहेरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज दर्ता गरेको छ । यसअघि दर्ताको उजुरी दर्ताको क्रममा अर्थात गत मंगलवार सरकारी वकिल कार्यालय काठमाडौंले उजुरी अध्ययनका लागि भन्दै समय गाग गरे अनुरुप आज उजुरी दर्ता गरेको हो ।

प्राप्त जानकारी अनुरुप सरकारी वकिल कार्यालय काठमाडौंमा सांसद यादबले आफुलाई नेकपाका सांसदद्दय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालले अपहरण गरेको भन्दै जिहरुउपर कारवाहीको माग गरिएको उल्लेख गरिएको छ ।  दर्ता न १०४७ रहेको उक्त उजुरी दर्तासँगै छानविन प्रक्रिया पनि अघि बढाइएको कार्यालयले जनाएको छ । मुद्धा दर्ता भएसंगै अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्नेछ र आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउने जनाएको छ ।

यसअघि महानगरीय प्रहरी परिसर टेकुले पनि उजुरी दर्ता गर्न मानेको थिएन । उसले घटना महोत्तरी जिल्लामा भएको भन्दै महोत्तरी जिल्लामा नै उजुरी दर्ता गर्नुपर्ने बताएका थियो । यसअघि सासंदयादवले मानवअधिकार आयोगमा बैशाख १८ गते सोहि व्यहोराको उजुरी दर्ता गरिसकेका छन ।

यसैवीच आजै नेकपाका दुई सांसद र पूर्व प्रहरी प्रमुखले आफुहरुले समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवको अपहरण नगरेको जनाउ सहितको जानकारी राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता गराएका छन । आज दर्ता गरिएको जानकारी सहितको उजुरीमा उनिहरुले आफुहरुमाथि नियोजित अपहरणको आरोप लगाउदै सासंद यादवले आफूहरुको मानवअधिकार हनन गरेको उल्लेख गरेका छन ।त्यस्तै उजुरीमा समाजवादी पार्टीका नेता डा भट्टराईले सांसद अपहरणको आरोप लगाएर आफूहरुको मानवाधिकार हनन एवं मानहानि गरेको भन्दै उजूरीमा  यसको निष्पक्ष छानबिन गरी कारवाही गर्न माग गरिएको छ । त्यस्तै फेसबुकलगायत सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई मानहानि गरिएको तथा जातीय सद्भाव भड्काउने शब्द प्रयोग गरी घृणा र द्वेष फैलाउने कार्य गरेको भन्दै डा भट्टराई, जसपाका नेता विश्वदीप पाण्डे र आङ्काजी शेर्पालाई साइबर क्राइमअन्तर्गत कारबाही गर्नका लागि सिफारिस गर्न पनि माग गरिएको छ ।

 साथमा यो पनि

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।