बुधबार, बैशाख १२, २०८१

अनेक हल्लाकाबीच उत्तर कोरियाली नेता किम जोङ भए सार्वजनिक

समाचार एजेन्सी बैशाख २० , उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबारे विभिन्न हल्ला चलिरहेकै बेला २० दिनपछि उनी एक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै गरेको तस्वीर उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले तस्बीर सार्वजनिक गरेको छ ।

सार्वजनिक तस्वीरमा राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उदघाटन समारोहमा किम जोङ रउनकी बहिनी किम यो जोङसहित अन्य वरिष्ठ अधिकारीसँगै सहभागी भएको तस्वीर प्रष्ट देखिएको समाचार एजेन्सीहरुल जनाएको छ ।

यसअघि किम जोङको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी सहितका समाचार प्रकाशित भएका थिए । फोटो : साभार गुगल

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।